स्वर्गद्वारीको ८औं साधारणसभा सम्पन्न

November 21, 2021 7:36 pm

भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लि. भद्रपुर ८ को ८औं वार्षिक साधरणसभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा कृषि विकास बैंक चन्द्रगढीका पूर्व प्रमुख प्रकाश दाहालको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो ।

अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ९५८ शेयर सदस्य, ३० लाख ४७ हजार ९०० रुपैयाँ शेयर पूँजी रहेको संस्थाको वार्षिक कारोवार २ करोड ७७ लाख ४, हजार ४४८ रुपैयाँ ५४ पैसासहित कुल आम्दानी ३५ लाख २८ हजार ५५३ रुपैयाँ ९५ र मुनाफा ९ लाख ९६ हजार ४१६ रुपैयाँ रहेको जनाएका थिए ।

कार्यक्रममा शान्ति कृषक सहकारी संस्थाका तर्फबाट देवीप्रसाद दाहाल, कानुन व्यावसायी पवन कार्की, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रगढी शाखाका टिकाप्रसाद उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।

          November 21, 2021 7:36 pm | सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: