भद्रपुर १० मा स्वास्थ्य केन्द्रको भवन उद्घाटन

November 21, 2021 7:33 pm

भद्रपुर । भद्रपुर १० नम्वर वडा कार्यालय मातहतको आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

३२ लाख ३ हजार ३६६ रूपैयाँमा निर्मित एकतले भवनको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, जग्गादाता लेखनाथ निरौला, भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

          November 21, 2021 7:33 pm | स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: