प्रोस्टेड क्यान्सर पीडित पवित्र मण्डलको बचाइ दिन अपील

October 27, 2021 9:11 pm

भद्रपुर । झापा भद्रपुर ६ का ६२ वर्षीय पवित्र मण्डल प्रोस्टेड क्यानसरबाट पीडित भएपछि उपचार गर्न रकम अभावले छटपटीमा परेका छन् ।

आर्थिक अवस्था अतिदयनीय भएका मण्डललाई पूर्वाञ्चल क्यान्सर अस्पतालले प्रोस्टेड क्यान्सर भएको पुष्टि गरेपछि थप उपचारमा लाग्ने खर्च अभावले छट्पटीन बाध्य भएका हुन् ।

ज्यालादारी गरेर बृद्ध बाबु आमा सहित परिवारको दायित्व समेत बहन गरिरहेका मण्डल आफै क्यान्सरको रोगी भएपछि परिवार चलाउन समेत कठिन भएको पीडितले दुखेसो पोखेका छन् ।

मण्डल बचाउ अभियानमा लागेका भद्रपुर ६ का राजा मण्डलका अनुसार पवित्रको प्रोस्टेड क्यान्सर दोश्रोचरणमा प्रवेश गरेकाले किमोथेरापीको माध्यमबाट उपचार गनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । जसका लागि लाखौं खर्च हुने भएपछि पवित्र अस्पतालमा रकम अभावले जान सकिरहेका छैनन् ।

          October 27, 2021 9:11 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: