बागमतीमा मुख्यमन्त्री शाक्यको राजिनामा, ५९ सांसदको समर्थनसहित समाजवादीका पाण्डेको दाबी

October 27, 2021 5:40 pm

हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको हो ।

पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

अनलाइनखबर

          October 27, 2021 5:40 pm | प्रदेश तह,मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: