बाह्रदशीमा आँखा स्वास्थ्य शिविरः मोतियाविन्दु परीक्षण तथा शल्यक्रिया निःशुल्क

October 21, 2021 7:53 pm

बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीज र बाह्रदशी मेडिकल सेन्टरको आयोजनामा बाह्रदशीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

शिविरमा २८७ जनाको आँखा जाच गरिएकोमा ४३ जनाको आँखामा मोतियाबिन्दुको समस्या रहेको कारण शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् । ४३ जनामध्ये ३७ जनालाई आजै आँखा उपचारका लागि अस्पताल पुर्याइएको छ भने अन्यलाई तुरून्त उपचारका लागि लाने तयारी थालिएको आयोजक संस्थाले जनाएको छ ।

आँखामा समस्या देखिएका सबै विरामीको निःशुल्क उपचार तथा शल्यक्रियाको प्रबन्ध मिलाइएको शिविर आयोजक जेसीजका अध्यक्ष विगम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष श्रेष्ठ र बाह्रदशी मेडिकल सेन्टरका संचालक महताव आलमको संयूक्त सभापतित्वमा सम्पन्न कार्यक्रम वर्क फर नेपाल, हेल्पिङ्ग हर्ट र विराटज्योति आँखा अस्पताल, दमकको सहयोग सञ्चालित छ ।

          October 21, 2021 7:53 pm | समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: