पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ

September 27, 2021 5:19 pm

काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ ।सोमबार विहान साढे ५ बजे उनीमाथि खुकुरी प्रहार भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ । एसएसपी सिंहका अनुसार विहान शौचालय जाने क्रममा साधुलाई एक जनाले पेटमा खुकुरी हानेका हुन् ।

घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

          September 27, 2021 5:19 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित