श्री कृष्ण प्रणामी सत्संग सेवा परिषदको अध्यक्षमा पुनः मिलन

September 23, 2021 9:36 pm

बिर्तामोड । श्री कृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको अध्यक्षमा मिलन बस्नेत सर्वसम्मत चयन भएका छन् ।

बिहिबार श्री देवचन्द्र सदनमा भएको परिषदको ५३ औं साधारणसभा तथा जिल्ला अधिवेशनबाट बस्नेत परिषदको अध्यक्षमा पुःन दोस्रो कार्याकालकालागि सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट अध्यक्ष बस्नेत सहित सम्पूर्ण पादाधिकारी ३ बर्षे कार्यकालकालागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

समितिको १७ सदस्य समितिको उपाध्यक्षमा बिष्ण्ुाप्रसाद प्रसाई र मुरलिधर कोइराला महासचिव गिरिधर कट्टेल, सचिव दिपक दिनेश दाहाल,कोषाध्यक्ष, कालीप्रसाद रिजाल, सह–कोषाध्यक्ष, देवीप्रसाद खनाल, सदस्यहरुमा , हरिप्रसाद कडरिया, मोहन कोइराला, शर्मा, रामकुमार खनाल,नरेन्द्र प्रसाद मैनाली, विमलराज पाण्डे, दुर्गा प्रसाद पाण्डे, रामनाथ उप्रेती, ताराप्रसाद खतिवडा, युवराज खतिवडा, दिपेन्द्र अधिकारी रहेका छन् ।

उनीहरुलाई निर्वाचन संयोजक शान्तिप्रसाद सापकोटा, सारदाप्रसाद थपलिया, कृष्ण बजगांई, चन्द्र डांगी, प्रेमकुमारी भट्टराईले टिका लगाउनुका साथै प्रमाणपत्र वितरण तथा सपथ गराएका थिए ।

          September 23, 2021 9:36 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित