मनकी मञ्जरीको म्यूजिक भिडियो सार्वजनिक

August 23, 2021 2:51 pm

काठमाडौं । बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन कि मन्जरी’ नामको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बलबहादुरको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।

गायक बलबहादुर ‘द भोइस अफ नेपाल’ सिजन दुईको उत्कृष्ट ९ मा पर्न सफल कलाकार हुन् भने गायिक अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुन् ।

बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला…..’ लाई स्रोता र दर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीतजस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता र दर्शकले माया गरिदिनेमा आशामा रहेको छु’, बलबहादुरले भनेका छन् ।

हेर्नुहोस् म्यूजिक भिडियोः

https://www.youtube.com/watch?v=iMwkov973M0

 

 

 

 

          August 23, 2021 2:51 pm | गीत/संगीत/मनोरञ्जन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित