शिवसताक्षीका १४९ जनाले कोरोना जिते, खाली भयो कोभिड अस्पताल

June 10, 2021 3:38 pm

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमितको संख्या २९८ पुगेको छ । जसमा ६८ महिला र ८१ पुरुष गरी १४९ कोरोना जितेर निको भएका शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

हाल ६८ महिला र ८१ पुरुष गरी १४५जना संक्रिय संक्रमित रहेका छन् । नगरमा कोरोना भाइरसको दोेस्रो लहर चले यता ४ जनाले संक्रमितले गुमाइ सकेको नगरपालिकाले जनाएको छ ।

आज शिवसताक्षी नगरपालिकाको कोभिड अस्पतालमा उपचारत रहेका ४ जना डिस्चार्ज भएका छन् । उनीहरुको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

त्यसैगरी आज नगरको कोभिड अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । फोकल पर्सन अधिकारीका अनुसार नगरका विभिन्न वडाका रुघा, सामान्य ज्वरो आएका १७ जनामा गरिएको परीक्षणमा वडा नं. ७ का २ जना र वडा नं. १० का ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नगरपालिकाले कोभिड अस्पतालमा प्रत्येक हप्ताको सोमबार र विहीबार एन्टिजेन परीक्षण गर्दै आएको छ ।

          June 10, 2021 3:38 pm | समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: