
तीव्र उचारचढाव पछि २१ अंकले घट्यो नेप्से

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको थियो ।
दिउसो एक बजे ८७ अंकले घटेर २ हजार ५ सय १९ अंकमा झरेको को नेप्से विस्तारै सुधार हुँदै गएको थियो । कारोबार बन्द हुँदा नेप्से परिसूचक २ हजार ५ सय ८६ दशमलव ५१ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ ।
कारोबार रकम साढे ८ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ८३ हजार ३५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँ पुगेको छ ।
व्यापार समूह २६ दशमलव ७३ अंकले बढेको छ भने नेप्सेमा कारोबार हुने अन्य सबै समूह घटेर राताम्मे देखिएका छन् ।
अनलाइनखबर
February 23, 2021 3:20 pm | अर्थतन्त्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

अग्नीपिडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
