
दयाहाङ र प्रकृतिको ‘बिहे पास’

काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा रहने फिल्म ‘बिहे पास’को छायाँकन चैत्रको पहिलो साताबाट सुरु हुने भएको छ । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा देखिदैछन् ।
फिल्मको अझै केही कलाकार छनौट हुन बाँकी छ । जसको छनौट निर्माण युनिटले अडिसनमार्फत गर्न लागेको छ । राम्रो र उत्कृष्ट कलाकार अडिसनमार्फत भित्रिने भन्दै निर्माण युनिटले अडिसन गर्न लागेको हो ।
आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ जना पुरुष र ५ नारी कलाकारको आवश्यकता रहेकोले अडिसन मार्फत कलाकार छनौट गर्न लागिएको प्रस्तुतकर्ता रोहित कट्टेलले बताए ।
फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा छायाँकन हुने फिल्मको कथामा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजिक विषयमा निर्माण गर्न लागिएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण युनिटले जनाएको छ ।
February 23, 2021 12:34 pm | गीत/संगीत/मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
