
पशुपतिको ज्योतिर्लिंगमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध रिट

काठमाडौं । पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता गरिएको छ ।
वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् ।
नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको रिटमा उल्लेख छ ।
नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।
February 23, 2021 10:53 am | राष्ट्रिय समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

अग्नीपिडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
