
झापामा आज तीन कृतिको एकसाथ विमोचन

बिर्तामोड । आज झापाको बिर्तामोडमा तीनवटा कृतिको एकसाथ विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ झापाको आयोजनामा संयुक्त पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।
प्राज्ञ यज्ञराज प्रसाईको ‘अवचेतन भित्रको एउटा पात्र’ कथा संग्र्रह, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको ‘बोझे इन्स्पेक्टर (आत्मसंस्मरणात्मक निबन्ध संग्रह) र प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौलाको उपन्यास ‘सङ्क्रमण’को एकसाथ लोकार्पण गरिएको हो ।
प्रगतिशील लेखक संघ झापाका उपाध्यक्ष आरती पोखरेलको अध्यक्षता तथा प्रदेश १ का संयोजक डा. देवी दुलाल क्षेत्रीको प्रमुख आतिथ्यमा कृति लोकार्पण एवम् समीक्षा कार्यक्रम सम्पन्न भएको हो । पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि डा. दुलाल, विशिष्ट अतिथिहरु देवी पन्थी, सुमित्रा वाङ्देल चेली र साहित्यकार कोमलप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
लोकार्पण गरिएका कृतिहरुमध्ये अवचेन मनभित्रको एउटा पात्र कथा संग्र्रहको समीक्षा साहित्यकार हरिनारायण भट्टराईले गरेका थिए । त्रिभुवन विश्व विद्यालयका निवृत्त सहप्राध्यापक चूडामणि वशिष्ठले लोकार्पित तीनवटै कृतिहरुको संक्षिप्त समीक्षा गरेका थिए । यस्तै देवी सङ्ग्रौला, पुण्य खरेल, मेची क्याम्पसका निवर्तमान प्रमुख कमलप्रसाद गुरागाईँ, सञ्चारकर्मी मायामितु न्यौपानेले तीनवटै कृतिका बारेमा संक्षिप्त टिप्पणी गरेका थिए ।
साहित्यकार देवी संग्रौलाले अवचेतनभित्रको एउटा पात्रबारे समीक्षा गर्दै पुस्तकले लेखकको जीवन बोल्ने जिकिर गरे । पुस्तकका कथाहरुले यो समाजको विम्ब बोल्छ र विकृति, विसंगतिलाई उजागर गर्छ भन्दै उनले कतिपय कथाहरू विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न उपयुक्त हुने राय पेश गरे ।
यसरी नै अर्का टिप्पणीकार पुण्य खरेलले ‘संक्रमण’ बारे चर्चा गर्दै कोरोना भय नभएर मृत्युु भय हो भएको मान्यता सुनाउँदै ‘संक्रमण’लाई मृत्युको संन्त्रासबाट जन्मिएको आत्म कथनात्मक उपन्यास हो भने । कृतिलाई यथार्थपरक उपन्यासको संज्ञा दिँदै उनले पुस्तकमा वर्तमानमा देखिएका विकृति र विसंगतिलाई उजागर गरेको टिप्पणी गरे ।
अग्रज पत्रकार चन्द्र भण्डारीले पनि अवचेतनभित्रको एउटा पात्र बारे विशेष चर्चा गरे । राजनीतिक विषय मुलतः नेकपा विभाजन लक्षित भाषण गर्दै उनले कम्युनिस्ट आन्दोलन निष्ठाको राजनीति भएकोमा पुस्तकमा त्यसलाई झुठको खेती भनिएकोमा लेखकलाई सच्याउन आग्रह गरे । ‘गणतन्त्र भित्रका सुन्दर पक्ष उजागर गरेको छ पुस्तकले, प्रत्येक गाउँ बस्तिमा यस्ता घटना छन् भने देशभर कति कथा बन्लान् ?’ भण्डारीले प्रश्न गरेका छन् ।
यस्तै निवृत्त प्राध्यापक कमल गुरागाईंले सर्जकहरूबारे कुनै टिप्पणी छैन भन्दै लकडाउनको पहिलो एक महिना हामीले सुतेर बिताएका रहेछौं तर साहित्यकार संग्रौलाले काव्य सिर्जना गर्न भ्याएकोमा आभार प्रकट गरे ।
बोझे इन्स्पेक्टरबारे विशेष चर्चा गर्दै उनले शब्दचयनका बारेमा थप विश्लेषण पनि गरे । उनले पुस्तकभित्र आन्दोलन, माया, प्रेम, गाउँ, सहर, शिक्षा सबै भेटिने उल्लेख गर्दै पुस्तकमा तथ्यहरुसँगै मिति लेखिएको हुन्थ्यो भने साँच्चैको इतिहास झल्काउने पुस्तक हुनेमा उनले दावी गरे ।
प्रलेस झापाका सहसचिव विन्दुप्रसाद दाहालले आमन्त्रित अतिथिहरुलाई शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रलेस सचिव लीला अधिकारीले गरेका थिए ।
January 23, 2021 8:40 pm | मुख्य समाचार,समाज,साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
