
सबै कार्यकर्तालाई चुनावमा लाग्न मन्त्री ढकालको निर्देशन

कमल । पर्याटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले आफ्नै दलका नेताले सरकारलाई कामगर्न अवरोध गरेका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
झापाको कमल गाउँपालिका ५ स्थित गुराँगाई प्रतिष्ठानको सभाहलमा सम्पन्न अखिल नेपाल महिला संघ झापा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा मन्त्री ढकालले सरकार काम गर्न खोज्छ पार्टीले रोक्छ जसका कारण यो अवस्था आएको जानकारी दिए ।
यस्तै अवस्था रही रहेमा पाँच वर्ष पछि चुनावमा जाँदा देशलाई घाटा हुने भन्दै उनले अहिले वास्तविक कुरा लिएर जनताका सामु गएमा ताजा जनादेश दिएर काम गर्न अवसर प्रदान गर्ने मन्त्री ढकालले बताए ।
सरकारले घोषणा गरेकै मितिमा चुनाव पक्का हुने भएकोले कार्यकर्तालाई चुनावमा लाग्न समेत मन्त्री ढकाल निर्देशन दिए । उनले हामी उज्यालो चाहाने भएकाले सुर्य चिन्ह हाम्रै हुने समेत मन्त्री ढकालले बताए ।
त्यसैगरी नेतृ विन्दा पाण्डेले अव नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बेला आएको बताउँदै महिला सम्वन्धि विधेयक ल्याए पनि आफ्नै दलका नेताका कारण प्रतिनिधिसभाबाट पास हुन नसकेको बताइन् ।
कार्यक्रममा नेकपा नेता देवराज घिमिरे, एकराज कार्की, प्रेम गिरी, चिन्तन पाठक, सोम पोर्तेल, होम वहादुर थापा,ईन्द्र भण्डारी, मेनुका काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
January 23, 2021 7:09 pm | राजनीति

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
