
सात कविका यतैकतै बजारमा

काठमाण्डौं । समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ ।
आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् । उनीहरुका कवितामा देशको पछिल्लो तस्वीर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र संभावनाको अनन्त उज्यालो पढ्न सकिन्छ । द्धन्द्धको घाउ र राजनीतिक पटाक्षेपसंगै मानिसको बाँच्ने चाहना र त्यसका लागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ ।
विषम परिस्थिति र विसंगत समयमाथि लेखिएका अब्बल कविताहरुले नेपाली कविताका पारखीहरुलाई सन्तुष्ट पार्ने प्रकाशकको विश्वास छ । समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरुको काव्यिक सोचको एक मुष्ट साक्षीको रुपमा ‘यतै कतै’ कृतिको प्रकाशन गरेको विएन पुस्तक संसार प्रालिका प्रमुख सूर्य विसीले जनाएका छन् । कितावको मूल्य तीन सय रुपैयाँ तोकिएको छ ।
कविताको क्षेत्रमा स्थापित यी सात कविहरुले ‘पी सेभेन’ समूह गठन गरि कविताको अध्ययन, अनुसन्धान र अनुवादका कामहरु गर्ने जनाएका छन् ।
September 23, 2020 12:38 pm | साहित्य

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

लागुऔषधसहित मोरङबाट ५ जना पक्राउ

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने ओली र प्रचण्डलाई पठायो विभाजन हुन नसक्ने पत्र

Mexico’s president says he’s tested positive for COVID-19

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा

बुधबारदेखि प्रदेश १ मा पनि कोरोनाविरूद्ध खोप लगाइने

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
