
पत्रकार सिग्देलद्वारा लिखित ‘एकदिन’ को विमोचन

बिर्तामोड । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गरिएको छ । झापाको विर्तामोडमा एक कार्यक्रमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले सिग्देलद्वारा लिखित यात्रा र भोगाईको बुधबार विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै उनले भने, “आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिंढीलाई बताउँछ ।”
लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भूषालले लेखक सिग्दलेलाई धन्यवाद समेत दिएको थिए । पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १५२ पृष्ठको रहेको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गरेका छन् ।
कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री राम राणा, नेकपा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरे, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटी, नेकपा झापा कार्यालय सचिव शिव ढुंगेल, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।
लेखक सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले गरेका थिए ।
September 23, 2020 11:13 am | राष्ट्रिय समाचार,समाज,साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

लागुऔषधसहित मोरङबाट ५ जना पक्राउ

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने ओली र प्रचण्डलाई पठायो विभाजन हुन नसक्ने पत्र

Mexico’s president says he’s tested positive for COVID-19

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा

बुधबारदेखि प्रदेश १ मा पनि कोरोनाविरूद्ध खोप लगाइने

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
