२०८० फागुन २२, मङ्गलवार , ०८:३४:३३ बजे

Sajhamanch
'

करेन्ट लागेर पैदलयात्रीको ज्यान गयो

आइतवार, फागुन ११, २०७६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका वडा नं.४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका वडा नं.१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युतको मुख्य प्रशारण लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

नागरिक न्यूज

सम्बन्धित खबर