२०८० फागुन २०, आइतवार , ०४:४०:३० बजे

Sajhamanch
'

ज्ञान सरोवरद्वारा ऐतिहासिक स्थल किच्चकबधको सरसफाई

शुक्रवार, फागुन ९, २०७६

भद्रपुर । पर्यटन वर्ष २०२० को स्वागत गर्दै भद्रपुर २ स्थित ज्ञान सरोवर निकेतन माध्यमिक विद्यालयले धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सरसफाई गरेको छ ।

विद्यालय परिवारले हरियाली वातावरण सहित स्वच्छ र सफा किच्चकबध नारा सहित सरसफाई सम्पन्न गरेको हो । कार्यक्रममा आन्तरिक तथा वाह्य पर्यटन आकर्षणका लागि सफा र स्वच्छ वातावरण निर्माणमा जोड दिइने प्रतिबद्धता सहित अभियान सञ्चालन गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल भक्त कार्कीको अध्यक्षता तथा भद्रपुर २ नम्बर वडाध्यक्ष भीमबहादुर सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा भद्रपुर ३ की वडाध्यक्ष कमला थुलुङ, नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, पृथ्वीनगर स्वास्थ्य चौकीका प्रमुख नेत्र दाहाल, सञ्चारकर्मी द्रोण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक राजु वरालले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश प्राचार्य प्रेमकुमार कटुवालले गरेका थिए ।

शुक्रवार, फागुन ९, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर