२०८० फागुन ११, शुक्रवार , १०:३२:३८ बजे

Sajhamanch
'

विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

शुक्रवार, फागुन ९, २०७६

विराटनगर। विराटनगरबाट सुनका गहना चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ परेका छन् ।

विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चोरी गर्ने एक सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको हो । गत मंगलबार कञ्चनपुर बेदकोट नगरपालिका–७, गाउजी घर भई विराटनगर बसेर राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत ३३ वर्षीय शेरसिंह दर्लामी मगरले सुनका गरगहना चोरेका थिए ।

मंगलशुत्रसहितको प्याण्डल–१ थान, तिलहरी–१ थान, औँठी २ थान, बाला २ सेट, कानमा लगाउने झुम्का १ सेट समेत चोरी गरी लगेकोमा उक्त गहनामध्येबाट मंगलसुत्र, औँठी र तिलहरीसहित बिहीबार उनकै घरबाट पक्राउ परेका हुन्

शुक्रवार, फागुन ९, २०७६ | समाज

सम्बन्धित खबर