२०८० फागुन २२, मङ्गलवार , ०८:४०:४४ बजे

Sajhamanch
'

विरता जेसीजको अध्यक्षमा मिजास विजयी

सोमवार, माघ १३, २०७६

बिर्तामोड । वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा मिजास पोखरेल निर्वाचित भएका छन् ।

जेसीजको ३९औं साधारणसभाको बन्दसत्रमा भएको निर्वाचनमा पोखरेल ३९ मत प्राप्त गर्दै विजयी भएका वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत एकराज गिरीले जानकारी दिए । उपविजेता खड्काले १९ मत प्राप्त गरे ।

वीरता जेसीजको वर्ष २०२० का लागि अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको हो । अध्यक्ष पदमा मिजास पोखरेल र जीवनकुमार खड्काबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा ६२ जना मतदातामध्ये ५९ मत खसेको थियो भने एक मत बदर भएको निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्न गिरीको संयोजकत्वमा अधिवेशन निर्देशक राजेन्द्र चौंलागाई र पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

वीरता जेसीजको वर्ष २०२० का लागि कार्यकारिणी उपाध्यक्षमा घनश्याम चौधरी, प्रवेश बस्नेत, संयुक्त सचिवमा युवराज कुँवर, उपाध्यक्षहरुमा अनन्तलाल महतो, टीकाराम खतिवडा, कमल श्रेष्ठ, प्रभात मास्के, जनसम्पर्क अधिकारी पुकार बराल, तालिम आयुक्त लोकचन्द्र श्रेष्ठ (एलसी), प्रकरण निर्देशकमा अमरजित साह निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले प्रतिवद्धतासहितको मन्तव्य व्यक्त गर्दै वर्ष २०२० मा वीरता जेसीजलाई नमूना जेसीज बनाउने प्रतिवद्धता व्यक्त गरे । उपविजेता खड्काले निर्वाचित अध्यक्ष पोखेलसहितको टीमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित खबर