२०८० असोज ८, सोमवार , ११:४७:३१ बजे

Sajhamanch
'

लागुऔषध मुद्दाका दोषी ९ वर्षपछि पक्राउ

बिहिवार, माघ ९, २०७६

विराटनगर । लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अदालतबाट दोषी ठहर भएपनि फरार रहेका एकजना मोरङबाट पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका २ का ४६ वर्षीय तिलबहादुर राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए। राईलाई जिल्ला अदालत मोरङले २०६७ साल असोज १७ गते पाँच महिना १७ दिन कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसला आउनु अघिदेखि राई फरार थिए। खोजी गर्दै जाने क्रममा गाउँमै लुकिछिपी बसेको अवस्थामा घटना भएको नौ वर्षपछि पक्राउ गर्न सकिएको डीएसपी गिरीले बताए। उनका अनुसार पक्राउ परेर बुझाएपछि बिहीबार मोरङ अदालतले कैद सजाय भुक्तानका लागि राईलाई कारागार चलान गरेको छ।

त्यस्तै हातहतियार खरखजना मुद्दामा जरिवानाको फैसला भए पनि फरार रहेका पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू सुब्बा पनि पक्राउ परेका हुन् । उनी विरुद्ध २०७३ सालमा ८० हजार जरिवानाको फैसला सुनाइएको थियो ।