२०८० फागुन २०, आइतवार , ०६:०३:२८ बजे

Sajhamanch
'

व्याग तथा शैक्षिक सामाग्री पाएपछि खुसी हुँदै बालबालिका

मङ्गलवार, माघ ७, २०७६

शिवसताक्षी । शिवसताक्षी ९ दूधे स्थित सतासी आधारभूत विद्यालयका ४३ जना विद्यार्थीहरुलाई २० हजार बराबरको व्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

दूधे युथका युवाहरुको समूहले २३ जना विद्यार्थीलाई स्कुल व्याग र २० जनालाई कपि, पेन्सील, साप्नर वितरण गरेका हुन् ।

अति गरीब तथा विपन्न परिवारका विद्यार्थीहरुले व्याग तथा शैक्षिक सामाग्री पाए पछि खुशी भएका थिए ।

सतासी आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र वि.क.ले युवाहरुलाई धन्यवाद दिएका थिए । उनले विद्यालयमा आउने प्राय सबै गरीव तथा विपन्न परिवारका छोरा छोरीहरु भएकाले व्याग तथा शैक्षिक सामाग्रीले उनीहरुको पढाईमा सहज हुने जानकारी दिए ।

दूधे युथले गएको माघे संक्रान्तिको अवसरमा दूधेमा आयोजित सांगीतिक कार्यक्रममा उठेको रकम बचाई विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ । शैक्षिक सामाग्री दुधे युथका कोषाध्यक्ष तपन गुरुङ्गको अगुवाईमा भएको थियो ।

सम्बन्धित खबर