२०८० फागुन २०, आइतवार , ०७:४५:३७ बजे

Sajhamanch
'

नेपाल–भारतका प्रधानमन्त्रीले उद्घाटन गरे आईसीपी

मङ्गलवार, माघ ७, २०७६

विराटनगर । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेस मार्फत आईसीपी उद्घाटन गरेका हुन् ।

भारत सरकारले निर्माण गरिदिएको आइसिपी भिडीयो कन्फ्रेस मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तान्त्रण गरेका थिए । हस्तान्त्रण पछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा आईसीपीको उद्घाटन गर्दा आईसीपी निर्माण गरिएको स्थानमा डिसप्ले बोर्ड राखिएको थियो ।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका –१८ मा आईसीपी निर्माण गरिएको हो ।

आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो ।

नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा रहेकाे आईसीपी १ सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । भारत तर्फ भने दुई वर्ष अघि नै आईसीपी सञ्चालनमा आएको थियो ।

आईसीपीको निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो ।

सम्बन्धित खबर