२०८१ साउन ११, शुक्रवार , ०१:५५:२४ बजे

Sajhamanch
'

स्रोत नखुलेको अवैध रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिकमा ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।

प्रहरीकाअनुसार हिजो सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरमा रहेको महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सी रोकेर प्रहरीले जाँच गर्ने क्रममा चार जना चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार रुपैयाँ बरामद भएको हो ।

उनीहरुलाई रकमसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।

बिहिवार, जेठ २४, २०८१ | अपराध, समाज

सम्बन्धित खबर