२०८१ साउन १२, शनिवार , ०८:२०:४४ बजे

Sajhamanch
'

तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस १५’ को उपाधि

सोमवार, माघ १७, २०७८

एजेन्सी, अभिनेत्री तेजस्वी प्रकाश भारतीय टिभी रियालिटी शो बिग बोस सिजन–१५ को विजेता भएकी छन्। फाइनलमा तेजस्वीले प्रतीक सहजपालालाई हराउँदै उपाधि जितेकी हुन्। उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार तेजस्वी र प्रतिकबीच कडा टक्कर भएको थियो। शोमा भएका सबैले प्रतीकलाई विजेता मानेका थिए। सामाजिक सञ्जालमा समेत प्रतीकलाई विजेता घोषित गरिएको थियो । तर, तेजस्वी विजेता बन्न सफल भइन्।

तेजस्वीले ट्रफि जितेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। प्रतीक नै विजयी हुन योग्य भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइएको छ।

सम्बन्धित खबर