२०८१ साउन ११, शुक्रवार , ०२:३१:०५ बजे

Sajhamanch
'

एपीएफ क्लब महिला भलिबलको फाइनलमा

शुक्रवार, असार २९, २०८०

काठमाण्डौ । सशस्त्र प्रहरीको एपीएफ क्लब एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनलमा पुगेको छ ।

लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिस क्लबसँग पराजित हुँदा अङ्क तालिकामा दोस्रो हुँदै एपीएफ क्लबको महिला टोली फाइनल प्रवेश गरेको हो । न्यू डायमन्ड पुलिससँग २५–२०, २५–१४ र २५– १७ को सोझो सेटमा पराजित भएको हो ।

अब फाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस खेल्नेछन् । यसअघि नै फाइनलमा पुगिसकेको पुलिस लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ । एपीएफ समान ५ खेलमा ४ मा जित र एकमा हारसहित ११ अङ्कको साथमा फाइनल पुगेको हो ।न्यू डायमन्डले ५ खेलमा ३ जित र २ हारसहित ८ अङ्क बनाएको छ ।

सम्बन्धित खबर