२०८२ भदौ १२, बिहिवार , १२:२२:२७ बजे

Sajhamanch

विश्व समाचार

झापा । दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि भएको चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङले जितेका छन् । स्थानीय समयअनुसार मङ्गलवार मध्यरातसम्म भएको मतगणनापछि हार स्वीकार गर्दै सत्तारूढ दलका किम मुन सूले म्युङलाई बधाइसमेत […]

बुधवार, जेठ २१, २०८२

झापा । दक्षिण कोरियामा राष्ट्रपति चुनावका लागि मतदान भइरहेको छ । पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उनलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो । स्थानीय समय अनुसार ४ बजेसम्म ७१ प्रतिशतभन्दा धेरै कीर्तिमानी […]

मङ्गलवार, जेठ २०, २०८२

झापा । रुस र युक्रेनबीचको दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्तामा कैदी आदानप्रदानको सहमति भएको छ । तर युद्धविरामको विषयमा ठोस उपलब्धि हुन नसकेको र त्यसमा रुसी पक्षले अस्वीकार गरेको युक्रेनी वार्ताकारको टोलीले जनाएको छ । […]

मङ्गलवार, जेठ २०, २०८२

झापा । युरोपका धेरैजसो देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा माग बढेको छ । उद्योगसम्बन्धी सार्वजनिक पछिल्लो तथ्याङ्कले नर्वेमा टेस्लाको विद्युतीय गाडीको माग फेरि बढेको देखाएको हो । कम्पनीले शून्य ब्याजदरमा गाडीका लागि […]

मङ्गलवार, जेठ २०, २०८२

झापा । गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको ज्यान गएको छ भने कम्तीमा ३० जना घाइते भएको बीबीसीले जनाएको छ । सहायता वितरण स्थलनजिक भएको यो घटनापछि […]

मङ्गलवार, जेठ २०, २०८२

झापा । उत्तर कोरियाले युरोप र एशियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले रुससँग सैन्य सम्बन्ध राखेको बताएको छ । यसअघि शुक्रवार दक्षिण कोरिया, अमेरिका, जापान र अन्य आठ देशसहितको बहुपक्षीय प्रतिबन्ध अनुगमन समूहले रुस […]

सोमवार, जेठ १९, २०८२

झापा । अमेरिकाको कोलोराडोको बोल्डरमा एक व्यक्तिले मानिसहरूको भीडमा एक जनालाई आगो लगाउन खोज्दा अरू धेरै जना घाइते भएका छन् । इजरायली बन्धकहरूको समर्थनमा उनीहरूको रिहाइको माग गर्दै आयोजना भएको प्रदर्शनमा घटना भएको बीबीसीले जनाएको […]

सोमवार, जेठ १९, २०८२

झापा । युक्रेनले रुससँगको युद्धका क्रममा अहिलेसम्मकै सबैभन्दा लामो दूरीको ड्रोन आक्रमण गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमानलाई लक्षित गरेर लगातार ड्रोन आक्रमण गरेको हो । युक्रेनले ३४ प्रतिशत […]

सोमवार, जेठ १९, २०८२

झापा । भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको ज्यान गएको छ । बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । […]

सोमवार, जेठ १९, २०८२

झापा । बङ्गलादेशको सर्वोच्च अदालतले जमात–ए–इस्लामी पार्टीको दर्ता पुनः स्वीकृत गरेको छ । अदालतले पार्टीको दर्ता रद्द गरेको निर्णय उल्टाउँदै कानून अनुसार दल दर्ता गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । […]

आइतवार, जेठ १८, २०८२