विराटनगर । विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९ः३५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै […]
झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु. […]
झापा । झापाको हल्दिबारीमा ससुरा-बुहारीको हत्या गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपाली कांग्रेस हल्दिवारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिर्तामोड-९ […]
काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले गएको वैशाख १७ […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा ‘एनजी’ अर्थात् नन ग्रेड आएका विद्यार्थीहरूको फारम दस्तुर फिर्ता गर्ने भएको छ । पर्सि भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन […]
विराटनगर । कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा ५८२ जना डेंगु सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित […]
विराटनगर । मोरङको केरावारीमा विषालु सर्पको डसाईबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ। केरावारी गाउँपालिका–९ स्थित स्कुलचौक निवासी मनोज पण्डितकी छोरी प्रतिमा पण्डितलाई बुधबार साँझ सर्पले डसेको थियो। विद्यालयबाट पढाइ सकेर साँझ घर फर्केपछि शौचालयमा […]
बिर्तामोड। झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्वकांक्षी योजना अलपत्र परेको छ । स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता कायम रहेको […]
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ । अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा […]
मेचीनगर । आपसी समाज बचत तथा ऋण सहकारी संस्थाले यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । मेचीनगर वडा नं. १४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो […]