झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार विजय खड्कालाई कुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्तालुङ गाउँपालिका १ खेजेदिन बस्ने २७ वर्षीय जिते शेर्पा रहेका छन् । […]
काठमाडौं । राष्ट्रिय महिला आयोगले सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ । आयोगले आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’ को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव […]
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको जनाएको छ । विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले बीमामार्फत सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पुग्न सकिने बताउनुभएको […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम […]
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानदेशभर मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]
काठमाडौँ । दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। वडा […]
काठमाडौं । शासकीय अव्यवस्था विरुद्ध गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरुको सत्तापलट गरेको […]
झापा । डिसेम्बर १० अर्तात् ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन आज बिर्तामोडमा प्रभातफेरीसहित अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा गोमेन्द्र बहुमुखी कलेजमा आयोजित अन्तरक्रियामा झापामा भएका मानव अधिकार हननका विषयवस्तु, […]
काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाका सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिएको छ । विभागले गत सोमबार सहकारी संस्था र सहकारी सञ्चालकहरुलाई एक निर्देशन जारी गर्दै दोहोरो पदमा नबस्न निर्देशन दिएको हो । विभागले […]