२०८२ असोज ६, सोमवार , ०५:३३:४१ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । करिब चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोडका अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ७ बजे बिर्तामोड ४ निवासी १६ वर्षीय श्रेष्ठको मृत्यु […]

मङ्गलवार, जेठ २९, २०८१

बिर्तामोड। प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले […]

मङ्गलवार, जेठ २९, २०८१

झापा। गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री […]

मङ्गलवार, जेठ २९, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकालाई नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारबाट करोडौंको बजेट विनियोजन भएको छ । मेचीनगर नगरपालिकाको माग निवेदन प्रस्ताव, सभामुख देवराज घिमिरेको संयोजन र संघीय सांसद विश्वप्रकाश शर्माको सहयोगमा बजेट विनियोजन […]

मङ्गलवार, जेठ २९, २०८१

झापा । करिव तीन साताअघि बिर्तामोडमा एक बृद्धलाई चक्कु प्रहार गरी फरार रहेका बरुण धिमाल आइतबार पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ पुलचौकबाट निज धिमाललाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]

मङ्गलवार, जेठ २९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमवार बाख्रा वितरण गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले याग्राङ्ग […]

सोमवार, जेठ २८, २०८१

कमल । कमल गाउँपालिकाको केर्खामा सञ्चालित आधारभूत पत्रकारितासम्बन्धी तीन दिवशीय तालिम सोमवार समापन भएको छ । कुइनेटो मिडिया प्रालिको आयोजना र उक्त पालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा शुरु तालिम समापन भएको हो । […]

सोमवार, जेठ २८, २०८१

झापा । नेकपा माओवादी केन्द्रको भातृसंगठनका रुपमा स्थापित सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा झापाका भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । उनी बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा कोशी प्रदेश र झापा […]

सोमवार, जेठ २८, २०८१

झापा । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ ल्याएको छ । जर्मनीबाट रु. १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन […]

सोमवार, जेठ २८, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरी नगरका ९ वटा सामुदायिक विद्यालयका […]

सोमवार, जेठ २८, २०८१