२०८२ जेठ २, बिहिवार , ०८:०९:२२ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण […]

बिहिवार, असार २०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार भएको स्वास्थ्य शिविरमा १६६ जनाले सेवा लिएका छन् । जसमा २ जनालाई पाठेघरको क्यान्सर देखिएको ४ जना महिलाको […]

बुधवार, असार १९, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् […]

शुक्रवार, असार १४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधवार नगरको दोस्रो सभाको पाँचौं अधिवेशन समापन सत्रमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणि चौधरी (मेचे) सम्मानित भएकी हुन् । उनलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, […]

बुधवार, असार १२, २०८१

झापा । बर्खायाम शुरु भएसँगै झापा जिल्लामा रगतको अभाव हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालका अनुसार झापामा रगतको अभाव भएको हो । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मिर्गौलाका […]

बुधवार, असार १२, २०८१

भद्रपुर । झापाका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न थालिएको छ । जिल्लाका स्वास्थ्य केन्द्रहरुमा रहेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम प्रदान गर्न थालिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश […]

मङ्गलवार, असार ११, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत महानगरले यस्तो घोषणा गरेको हो । यसअघि ८० वर्षमाथिका नागरिकलाई […]

सोमवार, असार १०, २०८१

काठमाडौं । सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्‌का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न […]

आइतवार, असार ९, २०८१

झापा । झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका […]

आइतवार, असार ९, २०८१

मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची […]

शुक्रवार, असार ७, २०८१