२०८२ जेठ ५, आइतवार , ०४:५२:२४ बजे

Sajhamanch

अपराध

जाजरकोट । छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । […]

मङ्गलवार, वैशाख २५, २०८१

पर्सा । वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकबाट स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँसहित सोही महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । राजधानीको ठमेलबाट दुई जना चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले तीन […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । दुबई र माल्टा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण गाउँपालिका–१ घर भएर बौद्ध बस्ने सूर्य थापा मगर र धादिङको ज्वालामुखी गाउँपालिका–९ घर भएकी विमला गुरुङ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका […]

सोमवार, वैशाख २४, २०८१

जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ । महतोले मोटरसाइकलमा आएका दुई […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौँ । इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ मराम्चे घर भएका ३९ वर्षीय अगन्दर पौडेल छन् । मराम्चे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा उनलाई […]

सोमवार, वैशाख २४, २०८१

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । सुन निलेको ३६ घण्टापछि […]

सोमवार, वैशाख २४, २०८१