जनकपुरधाम । चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्रराउ गरेको हो । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको सुरक्षा कार्यालयमा सरुवा भएका हुन् । इन्स्पेक्टर माधव केसीलाई पनि […]
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन् । सोमवार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ […]
काठमाडौं । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको […]
बिर्तामोड। बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिए […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै ८ जना उद्यमशील महिलालाई सिलाई मेसिन र २ वटा समूहलाई इलेकट्रोनिक्स मेसिन […]
चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न […]
झापा । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो। अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ११२ मिनेटमा गरेको गोल नै पर्याप्त […]
पाँचथर । पहिरोका कारण पाँचथर फालेलुङ गाउँपालिका-३ ताङलेपा पुछार टोलका ६ घर विस्थापित भएका छन् । असार २९ गते राति परेको अविरल वर्षाका कारण पहिरो झरी पुछार टोलका ६ परिवारका २३ जना विस्थापित भएका हुन् […]
काठमाडौं । नेकपा (एमाले) ले मन्त्रीको नामावली टुंगो लगाएको छ। एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्। उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने टुंगो लागेको […]