
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज रातिदेखि लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ।निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।


