२०८२ पौष ११ शुक्रवार , १०:१३:३१ बजे

Sajhamanch
'

आज ज्येष्ठ नागरिक दिवस

शुक्रवार, पौष ११, २०८२

काठमाडौँ ।  हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी शुक्रबार ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता शुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उनीहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।

नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई १०० रुपैयाँ वृद्धभत्ता दिन थालेको थियो। हाल ज्येष्ठ नागरिकले चार हजार रुपैयाँ वृद्धभत्ता पाउने गरेका छन् । करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिँदै आएका छन्।

शुक्रवार, पौष ११, २०८२ | समाज

सम्बन्धित खबर