
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशको पहाडी भेगमा आज पनि मौसम आंशिक बदली भएको छ ।देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ । काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो । आज दिउँसो काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।


