
दाङ । दाङको घोराहीमा तास खेलिरहेका दुई महिलासहित पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ कात्तिकेडाँडाको कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेको अवस्थामा हिजो उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेहरुमा घोराही–१० खैराका विरबहादुर बुढा मगर, घोराही–१२ हापुर साजखर्कका दलबहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँकी तुलसी खड्का र कल्पना घर्ती मगर तथा भमबहादुर बाठा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
उनीहरुको साथबाट १२ बुक तास तथा ५५ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


