२०८२ कार्तिक १४, बिहिवार , ०८:०८:०१ बजे

Sajhamanch
'

आज कुष्माण्ड नवमी

बिहिवार, कार्तिक १४, २०८२

काठमाडौँ ।  कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले बिहीबार कुष्माण्ड नवमी मनाउँदैछन्।यो दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यलाई मारेको सनत्कुमार संहितामा उल्लेख छ। यो दिन कुभिण्डो दान गर्दा ठूलो पुण्यलाभ हुने बताइन्छ।

यो दिन शुरु गरेर एकादशीका दिन भगवान् कृष्णका साथमा तुलसीको विवाह गर्दा कन्यादान गरेको फल प्राप्त हुने उल्लेख भएको पुराणविद् तोयराज नेपाल बताउँछन्। नवमीदेखि तीनदिनसम्म वैवाहिक उत्सव गरी पिपलका साथमा अमलाको विवाह गराउँदा पनि पुण्यलाभ हने उनी बताउँछन्।यो दिन अमलाका रुखमुनि ब्राह्मणभोजन गराउने वा वनभोज खाने चलन पनि छ।

बिहिवार, कार्तिक १४, २०८२ | समाज

सम्बन्धित खबर