२०८२ भदौ ९, सोमवार , ०७:४९:३४ बजे

Sajhamanch
'

दोमुखामा चुनावको रन्को : अध्यक्षमा ३ जनाबीच प्रतिष्पर्धा

सोमवार, भदौ ९, २०८२
  • सरोज भट्टराई

शिवसताक्षी । झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नयाँ नेतृत्व चयनका लागि भदौ १४ गते हुने मतदान निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेसँगै विभिन्न पदमा बहुउम्मेदवार मैदानमा उत्रिएकाले निर्वाचन रोचक बनेको हो ।

अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराए तापनि धनप्रसाद लावतीले मनोनयन फिर्ता लिनुभयो तर किरण ओली, मनबहादुर मगर (मणि) र मोहनबहादुर कार्की बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

ओली होटल व्यवसायी हुन् । मगर किसान महासंघमा लामो समय काम गरेका व्यक्ति हुन् भने कार्की कुखुरा पालक व्यवासयी हुन् ।

उपाध्यक्ष पदमा ठाकुरप्रसाद ढकाल (केशव) र प्रेमध्वज जवेगुबीच प्रतिष्पर्धा हुने भएको छ । द्वितीय उपाध्यक्ष पदमा पनि इन्द्रप्रसाद न्यौपाने र कृष्णबहादुर बस्नेतबीच प्रतिष्पर्धा हुनेछ ।

त्यसैगरी सचिव पदमा धनकुमार ढकाल र तेजबहादुर भट्टराई, सहसचिवमा अग्निप्रसाद राई र देवीबहादुर चेम्जोङ्ग, कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) र रेनुका फुयालको बीच प्रतिष्पर्धा हुनेछ ।

खुल्ला सदस्य ५ जनाका लागि ११ जनाको उम्मेदवारी कायम भएको छ । सूर्यप्रसाद निरौला, केशरबहादुर हङ्गाम, उमेश माझी, बलबहादुर खुलाल, रेवतप्रसाद संग्रौला, मित्रप्रसाद थापा, प्रेमप्रसाद फुयाल, महेन्द्र जोगी (गोपाल), कृष्णचन्द्र सेलिङ्ग, हरेराम शाह र प्रेमनाथ जोगी प्रतिष्पर्धामा रहेका छन् ।

त्यस्तै गरी ४ महिला सदस्यहरु लागि राममाया सम्सुहाङ्ग (हिना), सविना लिम्बु (खेवा), सीता खत्री, मनकुमारी लावती योङ्गहाङ, गंगादेवी खतिवडा, कमला लिम्बू, सिर्जना लिम्बू, उर्मिला सार्कीबीच चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबर