२०८२ जेठ ११, शनिवार , ११:०७:०० बजे

Sajhamanch
'

दिल्लीको मेदान्तमा उपचार गराउँदै कमेडियन मेक्सम गौडेल

शनिवार, जेठ ११, २०८२

काठमाडौं । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि अहिले दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् ।केही दिनदेखि उनले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले गौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि पेटमा दुखाइ भएपछि उनी बानेश्वरस्थित सिभिल अस्पतालमा १२ दिन भर्ना भएका थिए ।

त्यसपछि दिल्लीको मेदान्त अस्पतालमा पुगेर उपचार गरे । ‘अहिले उहाँ फलोअपमा जानुभएको हो । स्वास्थ्यमा क्रमिकरुपमा सुधार भैरहेको छ’ निर्देशक भण्डारीले  भने, ‘उहाँ पहिले १५-१६ दिन अस्पतालमा बस्नुभएको हो । अहिले फलोअपमा जानुभएको हो ।’‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेल टिभीसँगै फिल्ममा पनि चर्चित छन् । उनले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए ।

सुमन कार्की लगायत उनका सहकर्मी कमेडियनले सामाजिक संजालबाट गौडेलको स्वास्थ्य लाभको कामना गर्दै चाँडै स्टेजमा फर्किएको हेर्न चाहेको बताएका छन् ।

सम्बन्धित खबर