२०८२ जेठ ४, शनिवार , ०८:०५:५४ बजे

Sajhamanch
'

खोटाङमा बलात्कार आरोपमा युवक पक्राउ

शनिवार, जेठ ४, २०८२

काठमाडौं । खोटाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पा छन् ।

२२ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (जेठ २)राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शेर्पाले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।