२०८२ वैशाख २८, आइतवार , ०८:५७:५७ बजे

Sajhamanch
'

श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

आइतवार, वैशाख २८, २०८२

विर्तामोड । झापाको कन्काई नगरपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।गएराति अन्दाजी ११ः२० बजे कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी बस्ने ३५ वर्षीय कविराज हेमरमले आफ्नो श्रीमती ३४ की पुजा हेमरमको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । कविराजले झगडा गरी आफू सुत्ने कोठामा श्रीमती पुजालाई खुकरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार भएका कविराजलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको छ । खुकुरी घटनास्थलबाट नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर