२०८२ वैशाख २७, शनिवार , ०८:५८:१२ बजे

Sajhamanch
'

गुडिरेहको बसमा राति आगलागी

शनिवार, वैशाख २७, २०८२

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका( १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ।गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बस चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीको रहेको र चालक पनि उनी आफै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

बसमा चालक मात्रै रहेका थिए । आगो राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

शनिवार, वैशाख २७, २०८२ | समाज

सम्बन्धित खबर