
भक्तपुर । प्रहरीले मध्यपुरथिमि नगरपालिका–४ एसएस चोक बस्ने राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई पक्राउ गरेको छ।प्रहरी वृत ठिमीबाट खटिएको टोलीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँसहित पक्राउ गरेको हो ।यसैगरी चाँगुनारायण नगरपालिका–७ हेल्मेटडाँडा बस्ने कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग खरिपाटीबाट खटिएको टोलीले उनीहरूलाई ३४ हजार ९ सय ५० रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।