२०८२ वैशाख ६, शनिवार , ०५:०२:०८ बजे

Sajhamanch
'

अफगानिस्तानसँग निर्णायक खेल खेल्दै नेपाल

शनिवार, वैशाख ६, २०८२

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रतियोगितामा नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

खेल मुलपानी मैदानमा हुनेछ । आजको खेल जिते नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू–१९ विश्ककपमा छनोट हुनेछ ।

नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो ।

त्यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

सम्बन्धित खबर