२०८२ वैशाख २, मङ्गलवार , ०९:१३:३० बजे

Sajhamanch
'

जाजरकोटमा फेरि अर्को भूकम्प

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । जाजरकोटमा फेरि अर्को भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको पैंक केन्द्र बनाएर मंगलबार बिहान ४:५३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो।

सोमबार राति ९ बजेर ३१ मिनेटमा यही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि गत चैत २१ गते जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

मङ्गलवार, वैशाख २, २०८२ | समाज

सम्बन्धित खबर