२०८१ चैत १९, मङ्गलवार , ०९:३९:५७ बजे

Sajhamanch
'

जीपबाट लडेर महिलाको मृत्यु

सोमवार, चैत १८, २०८१

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका- ८ डकलेमा जीपबाट लडेरर एक महिलाको मृत्यु भएको छ। अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीपबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी भूलको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए।जीपचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिए।

सोमवार, चैत १८, २०८१ | समाज

सम्बन्धित खबर