२०८१ चैत १९, मङ्गलवार , ०६:५४:३४ बजे

Sajhamanch
'

बिर्तामोडमा लागूऔषध बिक्री गर्दागर्दै युवती पक्राउ

आइतवार, चैत १७, २०८१

बिर्तामोड। बिर्तामोड बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै एक युवती पक्राउ परेकी छन् ।आज बिहान ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा न. ११ नयाँ बसपार्कमा लागूऔषध बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन वडा न. २ बस्ने बर्ष १९ की बर्षा केदेमलाई पक्राउ गरेको हो ।

उनको शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी राखेको २ ग्राम ९८० मिलिग्राम बाउनसुगर फेला परेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित खबर