
दमक। अमेरीकाबाट बिभिन्न देश हुँदै भापाको दमक नगरपालिका–३ बेलडाँगी शिविरमा बस्दै आएको तीन जना भुटानी शरणार्थीहरुलाई पक्राउ गरिएको छ । अमेरिकाबाट अबैधरुपमा नेपाल आएर बसेका उनीहरुलाई आज (शनिवार) प्रहरीले नियन्त्रण गरेको हो ।
चैत १५ गते बेलडाँगी शिविरमा आइपुगेर बसीरहेको भन्ने सुचनाका आधारमा खटीएको प्रहरी टोलीले आज (शनिवार) २ बजेको समयमा नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दमक–३ बेलडाँगी शिबिर बस्दै गरेका ३६ बर्षिय आशिस सुबेदी, सोही स्थान बस्दै आएका ३१ बर्षिय सन्तोष दर्जी र ३६ बर्षिय रोशन तामाङ छन् । उनीहरुलाई सनुसन्धनको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आवश्यक कारवाहीको लागि अध्यागमनको कार्यालय काँकरभिट्टामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।