
काठमाडौं । यतिबेला भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ चलिरहेको छ । संसारकै ठूलो मानव जमघट बताइएको यो धार्मिक मेलामा सहभागि हुन संसारभरबाट राजनीतिज्ञ, सर्वसाधारणदेखि सेलेब्रिटीको ओइरो प्रयागराजमा छ ।
भारतीय सेलेब्रिटीमात्र होइन केही हलिउड सेलेब्रिटी पनि प्रयागराज पुगेर गंगा, यमुना र सरस्वती नदीको त्रिवेणीमा पुगेर डुबुल्की मारे । १४४ वर्षपछि आयोजना भएको बताइएको यो महाकुम्भमा सहभागि हुन नेपाली कलाकार पनि त्यहाँ पुगेका छन् ।अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशीले प्रयागराजको त्रिवेणीमा डुबुल्की मारेको आकर्षक तस्वीर सार्वजनिक भएको छ । धर्मकर्म र तीर्थव्रतमा आस्था राख्ने मलिना यतिबेला महाकुम्भमा मेला भर्न भारतमा छिन् । तस्वीरमा मलिनालाई नदीमा डुबुल्की मारेर आराधना गरेको देख्न सकिन्छ । कामको कुरा गर्दा, मलिना पछिल्लोपटक ‘छक्कापञ्जा ४’मा फिल्ममा देखिएकी थिइन् ।